Sunday, September 26, 2021
घरअर्थ र विकासउदयपुर सिमेन्ट उद्योगको नयाँ रेकर्ड : एक वर्षमा झण्डै दुई अर्बभन्दा बढी...

उदयपुर सिमेन्ट उद्योगको नयाँ रेकर्ड : एक वर्षमा झण्डै दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री

उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको जनाएको छ । उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको थीयो । विद्युत् भार कटौतीको मारको खेप्नुपरेको कारण समस्या खेपेको उद्योगले २०७४ साल देखी २०७५ सालसम्ममा २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए ।

यस वर्ष सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताउँछन् । यो भन्दा अघि उद्योगले २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो । पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments