Sunday, December 5, 2021
घरपत्रपत्रिकापाकिस्तानमा आज आम चुनाव हुँदै

पाकिस्तानमा आज आम चुनाव हुँदै

पाकिस्तानमा बुधबार आम चुनावको मतदान हुँदैछ । पाकिस्तानी नागरिकले नयाँ जनप्रतिनिधि चयनका लागि आफ्नो मताधिकारको प्रयोग गर्दैछन् । देशको इतिहासमा हुन लागेको यो ११ औँ चुनाव हो । झण्डै १० करोड ६० लाख मतदातले संसदको तल्लो सदन र चार प्रान्तका संसद सदस्य चुन्नका लागि मतदान गर्दैछन् ।

चुनावको पूर्वसन्ध्यामा भएको सर्वेक्षणले पूर्व क्रिकेटर इमरान खानको पार्टी, पिटिआईले नवाज शरीफको पार्टी पिएमएल-एनलाई उछिन्ने देखिएको छ । मतदान स्थानीय समय अनुसार बिहान ८ बजे (बिहान पौने ९ बजे) देखि सुरु हुन्छ ।

यो मतदानबाट २७२ सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । यस्तै ७० सिट जुन महिला तथा सीमान्तकृतका लागि छुट्याइएको छ, त्यो पाँच प्रतिशत भोट ल्याउने पार्टीबिच बाँडिने छन् ।

पाकिस्तानमा पछिल्लो पटक पाकिस्तानमा एक सेना प्रमुखले जनताले चुनेको सरकारलाई हटाएर अर्थात सैन्य कु गरेर शासन सत्ता आफ्नो हातमा लिएको १९ वर्ष भएको छ । त्यसपछि दुईपटक लोकतान्त्रिक चुनाव भयो । उनीहरुले सत्ता चलाए ।

पाकिस्तानमा सन् २०१३ मा चुनाव भएको थियो । पाँच वर्षअघि र अहिलेको अवस्था पूरै फरक रहेकाले सत्ता समिकरण फरक हुने राजनीतिक विश्लेषकले बताएका छन् ।

नवाज शरीफमाथि लागेको भ्रष्टाचार आरोप, धार्मिक दलको प्रभाव तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावका कारण पाकिस्तानको परिवेश परिवर्तन भएको छ । यस्तै बलियो बनेर उदायका इमरान खान, टक्कर दिन तयार रहेका बिलावल भुट्टोसहितले चुनावलाई थप रोमाञ्चक बनाएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम भ्रष्टाचार आरोपमा जेल गएपछि पाकिस्तानको राजनीतिमा ठूलो उथल-पुथल भएको छ । तर पनि उनको पार्टी मुस्लिम लिग नवाज लाई अहिले पनि सत्ताको दौडमा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments