Tuesday, July 27, 2021
घरविश्वजापानमा प्राकृतिक विपत्तिको घोषणा

जापानमा प्राकृतिक विपत्तिको घोषणा

एजेन्सी । जापानमा अत्याधिक गर्मीको कारण एकहप्तामा ६५ जनाको मृत्यु भएपछि प्राकृतिक विपत्ति घोषणा भएको छ । जापानको मौसम
एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् । हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन ।सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् ।जापानको आधाभन्दा कम विद्यालय मात्रै वातानुकुलित सुविधायुक्त भएकाले अत्याधिक गर्मीबाट बच्चाहरुलाई बचाउन गर्मी बिदा लम्ब्याइने सरकारी प्रवक्ता योसिहिदे सुगाले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments