Thursday, August 18, 2022
घरBanner Newsकानुनमन्त्री तामाङले राजीनामा दिए

कानुनमन्त्री तामाङले राजीनामा दिए

काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलवार पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्री तामाङले दिउँसो कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेका हुन् । मन्त्री तामाङको अभिव्यक्तिलार्इ लिएर चौतर्फी आलोचना भएपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्री तामाङलार्इ पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

मन्त्री तामाङले केही दिन अघि काठमाडौंको एक नीजि विद्यालयले आयोजना गरेको कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुले आफ्नो शरिर नसुम्पी सर्टिफिकेट नपाउने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।मन्त्रीको उक्त अभिव्यक्तिलार्इ लिएर अहिले सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा निकै आलोचना भइरहेको छ भने बंगलादेशमा अध्ययन गरिरहेका नेपाली छात्राहरुले आफूहरुको चरित्र हत्या गर्न खोजिएको र अस्मितामाथि नै मन्त्रीले धावा बोलेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

मन्त्री तामाङले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । कानुनमन्त्रीको अभिव्यक्ति विवादित भएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गर्दै राजिनामाकालागी निर्देशन दिएका थीए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments