Wednesday, October 27, 2021
घरसमाचारकानुन मन्त्रीमा ढकालको चर्चा

कानुन मन्त्रीमा ढकालको चर्चा

काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नेकपाका सांसद भानुक्त ढकालको चर्चा चलेको छ । आपत्तीजनक अभिव्यक्तिका कारण कानुनमन्त्री रहेका शेरबहादुर तामाङले पदबाट राजीनामा दिने तयारी गरेसंगै उक्त पदमा ढकालको चर्चा चलेको हो । ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज पदबाट राजीनामा दिने भएका छन् । मन्त्री तामाङको अभिव्यक्तिलार्इ लिएर चौतर्फी आलोचना भएपछि सोमबार बसेको नेकपाकाे सचिवालय बैठकले मन्त्री तामाङलार्इ पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

मन्त्री तामाङले केही दिन अघि काठमाडौंको एक नीजि  विद्यालयले आयोजना गरेको कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुले आफ्नो शरिर नसुम्पी सर्टिफिकेट नपाउने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्रीको उक्त अभिव्यक्तिलार्इ लिएर अहिले सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा निकै आलोचना भइरहेको छ भने बंगलादेशमा अध्ययन गरिरहेका नेपाली छात्राहरुले आफूहरुको चरित्र हत्या गर्न खोजिएको र अस्मितामाथि नै मन्त्रीले धावा बाेलेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

मन्त्री तामाङले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments