काठमाण्डौ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिन देखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाउँदै आजदेखि ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने भएका छन्। बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गर्ने संघको निर्णय छ।
डा. केसीका माग सम्बोधन नभएसम्म हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजेसम्म अनसन जारी रहने नेसनल रेजिडेन्ट डक्टर्स एशोसियसन त्रिबि शिक्षण अस्पतालका अध्यक्ष सुमति पाण्डेले बताए। महाराजञ्जमा अहिले १ सय जना चिकित्सक अनसनमा बसिरहेको डा. पाण्डेले बताए। बीर अस्पताल र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि अनसनमा बस्ने सहमति भएको पाण्डेले बताए।
यस्तो छ संघले जारी गरेको विज्ञप्ती
चिकित्साक्षेत्रको सुधारको माग राखी असार १६ गते देखि अनसनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा। डा। गोविन्द के।सीको जीवन रक्षाका लागि नेपाल सरकारले २४ औं दिन वितिसक्दा पनि गम्र्भिरता प्रकट नगरिएको हुनाले डा। के।सी। को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।
यस्तो बिषम परिस्थितिमा नेपाल चिकित्सक संघले निम्न लिखित दबाबमूलक कार्यक्रम घोषणा गरी देशभरका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्न गराउन यसै विज्ञप्ती मार्फत संघका सम्पूर्ण शाखा कार्यालयहरु र देशभरका स्वास्थ्य संस्थाहरुमा हार्दिक अपिल गर्दछ ।
१ रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।
२ देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।
३ देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, ९याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।
४ काठमाडौं उपत्यकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।
डा. गोविन्द के।सी।को जीवन रक्षार्थ उल्लेखित विरोध कार्यक्रम देशभर प्रभावकारी रुपमा संचालन गर्न नागरिकहरुलाई सहयोग र समर्थनको लागि यस संघ हार्दिक अपिल गर्दछ ।
डा. लोचन कार्की
महासचिव