Thursday, September 23, 2021
घरसमाचारपरराष्ट्रमन्त्री ज्ञवालीको युरोप भ्रमण किन ?

परराष्ट्रमन्त्री ज्ञवालीको युरोप भ्रमण किन ?

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एकसाता लामो युरोप भ्रमणमा निस्केका छन् । समकक्षी अगस्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली गएराती साढे ९ पोर्चुगल प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रालयका अनुसार उनले भोलि सकमक्षी सिल्भासँग द्विपक्षीय भेटवार्ता गगर्नेछन् । त्यसपछि भने परराष्ट्रमन्त्री ज्ञवाली बेल्जियम र लक्जेम्बर्ग जाने कार्यतालिका रहेको छ । बिहीबार बेल्जियमको ब्रसेल्स पुगेर उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडियर रेन्डियर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोही दिन परराष्ट्रमन्त्रीले नेपाली दूतावास तथा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आयोजित कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरणपछि नेपालको एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ । यस्तै शनिबार युरोपस्थित नेपाली राजदूतहरूको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ दूतावासको औचित्य, प्रभावकारिताका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै आइतबार गैरआवासीय नेपाली संगठनको कार्यक्रममा सहभागी भएर उनि सोमबार लक्जेम्बर्ग पुग्नेछन्् । त्यहाँ उनले विकास सहायता तथा मानवीय मामिलामन्त्री रोमेन स्क्नेइदरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आगामी मंगलबार उनी स्वदेश फर्किने कार्यक्रम छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments