Monday, June 21, 2021
घरसमाचारसरकारको रबैयाबिरुद्ध कांग्रेस लड्न तयार ; नेता निधि

सरकारको रबैयाबिरुद्ध कांग्रेस लड्न तयार ; नेता निधि

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारको रबैयाबिरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको भन्दै दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए । एक साता लामो यूरोप भ्रमण सकाएरआज स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सम्बोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए ।

निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन २ साउनमा यूरोप गएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments