Tuesday, November 30, 2021
घरविशेषउत्तर कोरियाद्वारा परमाणु परीक्षण केन्द्र नष्ट गर्न सुरु

उत्तर कोरियाद्वारा परमाणु परीक्षण केन्द्र नष्ट गर्न सुरु

उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणा गर्ने प्रमुख क्षेत्रको केही भाग नष्ट गर्न सुरु गरेको छ । उत्तर कोरियाले देशको उत्तर–पश्चिममा रहेको सोहाए परमाणु परीक्षण केन्द्रको केही भाग नष्ट गर्न सुरु गरेको हो ।

अमेरिकाको निगगरानी समूह ३८ नर्थले जारी गरेको स्याटेलाइट तस्बिरमा सोहाए स्टेशनको केही भाग नष्ट गर्न सुरु गरेको देखिएको छ ।

गएको जुनमा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्तामा भएको सहमति अनुसार उत्तर कोरिया अघि बढेको देखिएको छ । त्यो ऐतिहासिक वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि राजी भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम परमाणु परीक्षणका केन्द्र नष्ट गर्न प्रतिबद्ध रहेको बताएका थिए, तर कुन चाहिँ भन्ने खुलाएका थिएनन् ।

उत्तर कोरियाले सोहाएलाई स्याटेलाइट परीक्षण केन्द्रको रुपमा प्रयोग गर्दै आएको बताउने गरेको थियो । तर अमेरिकाले भने यो केन्द्रबाट ब्यालेस्टिक मिसाइल नै परीक्षण हुने गरेको आशंका गर्दै आएको छ ।

गएको जुन १२ मा सिंगापुरमा भएको वार्तामा ट्रम्प र किम दुई देशको हित तथा विश्व शान्तीका लागि मिलेर काम गर्न सहमत भएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments