Thursday, June 17, 2021
घरसमाचारमलामी गएका दुई पक्षबीच झडप हुँदा वडाध्यक्षसहित २ जना घाइते

मलामी गएका दुई पक्षबीच झडप हुँदा वडाध्यक्षसहित २ जना घाइते

बझाङ । मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाँउपालिकाका वडा नम्बर ६ मा वडाध्यक्षसहित २ जना घाइते भएका छन् । शनिबार खप्तड छान्ना गाँउपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फर्कने क्रममा नरेन्द्र खड्काका आफन्त र भवन खड्काका आफन्तबीच एक आपसमा झडप हुँदा भवन खड्काको टाउको ८ वटा टाँका लगाउनु परेको छ ।

यस्तै बीचमा छुट्याउन खोज्ने वडाध्यक्षको दाँया हातमा खुकुरी लाग्दा ५ टाँका लागाइएको वडाध्यक्ष तिलककुमार खड्काले बताए । मलामी गएर घर फर्कने क्रममा नरेन्द्र खड्काको घर नजिकै पुग्दा खड्काले एक्कासि भवन खड्कालाई खुकुरी प्रहार गर्दा घटना घट्न गएको वडाध्यक्ष खड्काको भनाई छ ।

पुरानो रिसिइबीका कारण पहिले पनि नरेन्द्र खड्काकाको परिवारले भवन खड्काको परिवारलाई धम्काउने, मार्नेसम्मको धम्की दिने गरेको भवन खड्काले बताए । नरेन्द्र खड्काका आफन्तहरुले भने बाटोमा हिँडेकालाई त्यत्तिकै कसैले पनि आक्रमण नगर्ने र आइलागेपछि आफूहरु पनि जाइलागेको बताएका छन् । घरमा महिलाहरु भएको समयमा गालीगलौज गरेको र आफूलाई आक्रमण गर्न खोजेपछि आफ्नो ज्यानको रक्षाका लागि आफूहरुले आक्रमण गरेको उनीहरुले बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments