काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका गर्न सकारलाई आग्रह गरेका छन् ।आज शिक्षण अस्पताल महाराजगंज पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । डा. केसीका मागहरु बार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारकै भएको स्मरणसमेत गराए । केसीको अवस्था संवेदनशील भएको भन्दै उनले समस्या समाधान गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । डाक्टर केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।
डा.केसीको जीवन रक्षा गर्न सकारलाई पूर्वराष्ट्रपति डा. यादवको आग्रह
RELATED ARTICLES