काठमाण्डौ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश जोशीको सुनुवाई आगामी १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारबाट छानबिन पनि सुरु गरेको छ । भोली उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको काम सुरु गरेको हो । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन ।
समितिको गएको श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।