Thursday, June 17, 2021
घरसमाचारविश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर नगुमाउ ; अध्यक्ष दहाल

विश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर नगुमाउ ; अध्यक्ष दहाल

७ साउन , काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको महाअभियानमा सहभागी हुन विशेष अपील गरेका हुन् ।

उनले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाइरहेको भन्दै सचेत रहन पनि पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए । उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।वरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments