काभ्रे । चारदोबाटोमा टिप्परको ठक्करबाट एक जनाको मुत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मुत्यु भएको हो । मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई पुनः टिप्परले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी महेन्द्र मरासैनीले मृतकको नाम नखुलेको जानकारी दिए । मृतकलाई शीर मेमोरियल अस्पतालमा राखिएको छ । आक्रोशित भिडले ट्रिपर चालकलाई कुटपिट गरेका छन भने टिप्परमा आगजनी गरेका छन् । टिप्पर चालक नुवाकोट जिल्लाको बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।