Wednesday, October 27, 2021
घरसमाचारनेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४० औँ स्मृति दिवस

नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४० औँ स्मृति दिवस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सोमबार बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन ।

दिउँसोको स्मृतिसभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताको सहभागिता रहनेछ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एकिकृत गर्ने लक्ष्यका साथ नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिवको स्मृति दिवस मनाउन लागिएको हो ।

वि.सं १९८१ असार १५ गते रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन । श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट नेताहरुको दाबी छ । विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय भएका थिए । श्रेष्ठको विसं २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उहाँले राजनीतिक यात्रा शुरु गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments