Wednesday, September 22, 2021
घरसमाचारप्रदेश र केन्द्रबिच स्वास्थ्य क्षेत्रमा समन्वय गर्न मन्त्रीहरुको छलफल

प्रदेश र केन्द्रबिच स्वास्थ्य क्षेत्रमा समन्वय गर्न मन्त्रीहरुको छलफल

६ साउन, काठमाडौं । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आज उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग सामूहिक भेट गरेका छन् ।आज रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्रीहरुले प्रदेशस्तरमा रहेका स्वास्थ्य समस्याबारे अवगत गराएका थिए । प्रदेश र केन्द्रबिच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने विषयमा छलफल भएको बताईएको छ । केन्द्र र प्रदेशको कानुनमा समानता, नीति योजना तथा वजेट कार्यान्वयनमा सहजताको विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments