एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्टपति पार्क जिउन हाइलाई अदालतले थप ८ बर्ष जेल सजाय तोकेको छ । गत शुक्रबार अदालतले राज्यको जासूस संस्थाको कोष हिनामिना गरेको र सन् २०१६ मा संसदीय चुनावमा हस्तक्षेप गरेको कसूरमा दोषी पाइएकोले थप सजाय सुनाइएको हो । सोउल केन्द्रीय जिल्ला अदालतले विभिन्न भ्रष्टाचार मुद्दामा २४ वर्ष जेल सजाय पाइसकेका पार्कलाइ आफुना सहयोगीहरुसंग मिलेर राष्टिय जासूस सेवाबाट राज्यकोषको ३३ करो वन दुरुपयोग गरेको फैसला गरेको हो । ‘आरापीले ३ वर्षमा राष्टिय जासूस सेवाका तीन अधिकारीहरुसंग करीब ३ करोड वन लिएकी थिइन् ।
दक्षिण कोरियाकी पूर्व राष्टपति हाइलाई थप ८ बर्ष जेल सजाय
RELATED ARTICLES