काठमाडौँः सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्तिविवरण चाँडै सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण तत्कालै सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँसकोटाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक निर्णय गरेको जानकारी दिए ।
सरकार निर्माण भएको एक सय दिन पुग्न लाग्दा समेत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनि नगरिएको भन्दै आलोचना हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।