Sunday, September 26, 2021
घरखेलकुदपल्सर स्पोर्टस् अवार्डः पारस र शोभा बने वर्ष खेलाडी

पल्सर स्पोर्टस् अवार्डः पारस र शोभा बने वर्ष खेलाडी

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डु २०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्।

बिहीबार भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा पारश र शोभाले उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्।

पारसले ब्याडमिन्टनका दिपेश धामी, क्रिकेटका सन्दीप लामिछाने, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्कीलाई पछाडि पार्दै अवार्ड हा पारे भने शोभाले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्री भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछाडि पारिन्।

पारस नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान हुन्। वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन बनाउँदै उनी सर्बाधिक रन बनाउने खेलाडीबनेका थिए। त्यस्तै आइसीसी विश्वकप छनोटमा २३१ रन र अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउन उनी सफल रहे।

घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल)को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन उनको महत्वपूर्ण योगदान रहेको छ।

उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्न सफल शोभा योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि विजेता हुनुका साथै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा उपविजेता बनेकी थिइन्।

उनी घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता समेत हुन्।

उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकले एक एक थान पल्सर मोटरसाइकल पाए भने अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्परहरू प्राप्त गरे।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments