Tuesday, October 26, 2021
घरखेलकुदएबी डिभिलियर्सको यो अदभूत क्याच, तपाईंले हेर्नुभो ?

एबी डिभिलियर्सको यो अदभूत क्याच, तपाईंले हेर्नुभो ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीबार राति रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीचको खेल निकै रोमान्चक रह्यो । नतिजा १४ रनले बैंगलोरको पक्षमा गएको यो खेलमा दुई कुरा निकै चर्चामा रहे- एउटा, एबी डिभिलियर्सको क्याच र अर्को, बासिल थम्पीको महंगो रन ।

एबी डिभिलियर्सले हैदरावादविरुद्ध एक अदभूत क्याच लिए । जसबाट उनले ‘स्पाइडर म्यान’को संज्ञा पाए । हैदरावाद जब २१९ रनको विजय लक्ष्य पछ्याइरहेको थियो तब अलेक्स हेल्सले मोइन अलीको बललाई छक्का हानेर मैदान बाहिर पठाउन चाहे । बल राम्रोसँग ब्याटमा लागेको थिएन, तर पनि बल बाउन्ड्री बाहिर जाँदै थियो । बाउन्ड्रीमा तैनाथ दक्षिण अफि्रकी क्रिकेटर एबी डिभिलियर्सले उफि्रएर हावामा एक हातले बल समाते ।

सबै आश्चर्यचकित भए । कसैले सोचेका थिएनन् कि यो बल क्याच हुन्छ भनेर । बैंगलोरका कप्तान बिराट कोहली र मैदानमा उपस्थित दर्शकहरुले समेत बल क्याच भएको विश्वास लागेन । तर, डिभिलियर्सले सुन्दर तरिकाले बल समात्न सफल भएका थिए । यसलाई आईपीएलको इतिहासकै सबैभन्दा राम्रो र अदभूत क्याच भनिएको छ ।

सामाजिक सन्जालमा यस क्याचलाई लिएर डिभिलियर्सको निकै तारिफ भइरहेको छ । आफ्नो पालामा निकै सफल फिल्डर मानिने जोन्टी रोड्स्ले लेखेका छन्, ‘अहिले भर्खरै क्याचको रिप्ले हेरें, क्या सुन्दर क्याच छ ।’

सामाजिक सन्जालमा विनय नाम भएका एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो चरो हो कि प्लेन हो, यो त एबी डिभिलियर्स पो हो ।’

सुनिल द ट्रेकर नाम भएका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘इण्डियन पुलिस यदि तिमीहरुलाई अपराधिहरुलाई पक्रन सहयोग चाहिन्छ भने एबी डिभिलियर्स अझै भारतमै छन् ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments