Sunday, December 5, 2021
घरमनोरञ्जनअफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि

अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कानुनी सल्लाहकार रुडी गिउलिआनीले राष्ट्रपति ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्ससँगको यौन सम्बन्ध गोप्य राख्न निजी वकिल मिसेल कोहेनले तिरेको १ लाख ३० हजार डलर रकम ट्रम्पले भुक्तानी गरिदिएको बताएका छन् ।

निजी वकिल मिसेल कोहेनले पोर्न स्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले तिरिदिएको रुडीले बताएका हुन् । रुडीको भनाइसँगै अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि भएको छ ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनले बताए । सो कारोबार कानुनसम्मत भएको पनि उनले दाबी गरेका छन् ।

ट्रम्पको भुक्तानीबारे आफूलाई थाहा नभएको कोहनले बताइरहेका वेला रुडीले सो दाबी गरेका हुन् । पोर्न स्टार डेनियल्ससँगको सम्बन्ध गोप्य राख्न डेनियल्सलाई रकम दिएको ट्रम्पले हालसालै स्वीकार गरेका थिए ।

ट्रम्पसँगको सम्बन्ध गोप्य राख्न आफूलाई १ लाख ३० हजार डलर दिइएको डेनियल्सले बताउँदै आएकी छिन् । ‘सम्झौताअनुसार डेनियल्सलाई एउटा कानुनी फर्ममार्फत पठाइएको रकम राष्ट्रपतिले भुक्तानी गरिदिएका छन्,’ रुडीले भने । वकिलमार्फत डेनियल्सलाई दिएको रकम धेरै महिनापछि ट्रम्पले भुक्तान गरिदिएको उनले बताए ।

ढिलै भए पनि सत्यतथ्यको खुलासा भएको पोर्न स्टार डेनियल्सले बताएकी छिन् । ‘मसँगको अवैध सम्बन्ध गुपचुप राख्न ट्रम्पका वकिलले गरेको कारोबार कुनै दिन पर्दाफास हुने अनुमान गरेकी थिएँ, जुन सत्य साबित भयो,’ डेनियल्सको भनाइ उद्धृत गर्र्दै उनका वकिलले भनेका छन् ।

डेनियल्सले ट्रम्पले दिएको रकम अस्वीकार गरेपछि ट्रम्पसँगको सम्बन्ध गोप्य राख्न वकिल कोहेनले सन् २०१६ को निर्वाचनमा आफैँले रकम दिएका थिए । ।

न्युयोर्क टाइम्सका अनुसार डेनियल्सलाई दिएको रकमबारे ट्रम्पको अभियान र ट्रम्प अर्गनाइजेसन दुवैलाई थाहा नभएको र आफूलाई पनि भुक्तानी नदिइएको कोहेनले बताएका थिए । सन् २००६ मा ट्रम्पले डेनियल्ससँग यौन सम्बन्ध राखेका थिए ।

स्क्यान्डल हुने डरले गोप्य राख्न ट्रम्पले आफ्ना वकिललाई सम्झौता गर्न लगाएका थिए । सो गोप्य सम्झौतामा ट्रम्पले हस्ताक्षर नगरेकाले सम्झौता अवैध भएको भन्दै यसै वर्षको मार्चमा डेनियल्सले ट्रम्पविरुद्ध उजुरी गरेकी थिइन् ।

गोप्य सम्झौता भंग गरेको आरोप लगाउँदै ट्रम्पका वकिलहरूले डेनियल्ससँग २ करोड डलर क्षतिपूर्ति माग गर्ने तयारी गरेका छन् । ट्रम्पसँगको अनैतिक सम्बन्धको मुद्दा फिर्ता लिन लास भेगासका एक व्यक्तिले चेतावनी दिएको आरोप लगाउँदै डेनियल्सले ट्रम्पविरुद्ध उजुरी गरेकी छिन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments