Tuesday, November 30, 2021
घरविशेषमोदीको मुक्तिनाथ दर्शनका लागि अन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

मोदीको मुक्तिनाथ दर्शनका लागि अन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भइसकेको छ। मुक्तिनाथ मन्दिर जानका लागि प्रयोग हुने बाटो अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ मन्दिरको सरसफाइको काम अघि बढेको छ। ‘हेलिकोप्टर ल्यान्ड गर्नका लागि हामीले ठाउँ बनाइसकेका छौं। मनाङको थोरङ्ला भञ्ज्याङबाट पनि मुक्तिनाथ आउनेको संख्या उल्लेख्य हुने भएकाले उक्त बाटो ३ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिरिष पौडेलले भने, ‘भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आउनुभन्दा ३ दिनअघिदेखि नै बाटो बन्द हुनेछ।’

३ दिनअघि नै पदमार्ग बन्द हुने भएकाले उक्त मार्ग हुँदै यात्रा गरिरहेका पदयात्रीलाई मनाङको चामे वा मनाङ गाउँमै रोक्ने तयारी स्थानीय प्रशासनले गरेको छ। साथै, मुक्तिनाथ मन्दिरमा मोदीले दर्शन गर्ने दिन अर्थात् वैशाख २८ शुक्रबार कसैलाई पनि दर्शन गर्न नदिने तयारी भएको छ।

शुक्रबार जनकपुर ओर्लिने भारतीय प्रधानमन्त्री मोदी दुईवटा हेलिकोप्टरको स्कर्टिङसहित मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म जानेछन् र त्यहाँ पूजा गरिसकेपछि काठमाडौं फर्किने तालिका छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments