Tuesday, October 26, 2021
घरफिचरकांग्रेस सिन्धुली -काठमाडौंद्वारा विरामीलार्इ सहयोग

कांग्रेस सिन्धुली -काठमाडौंद्वारा विरामीलार्इ सहयोग

नेपाली कांग्रेस सिन्धुली -काठमाडौं सम्पर्क समितिले स्वास्थ्य उपचारका लागि पार्टीका केही नेता कार्यकर्ताहरुलार्इ सहयोग प्रदान गरेको छ । कांग्रेस सिन्धुली सभापति उज्वल बरालको अगुवाइमा सिन्धुली दुधौली न पा – ११ निवासी पूर्व महासमिति सदस्य रामनारायन धामी दनुवार र फिक्कल गाउँपालिका–५ सोल्पाका निवासी कांग्रेस क्रियाशील सदस्य टेक बहादुर लुङ्गेली मगरलाइ स्वास्थ्य उपचारको लागि सहयोग प्रदान गरिएको हो ।

काठमांडौ मेडिकल कलेज सिनामङ्गल भर्ना गराइ कमजोर आर्थिक अबस्था भएको भन्दै रकम सङ्कलन गरी दुबै जनाको उपचार स्वरुप कांग्रेस सिन्धुली सभापति बराल र सम्पर्क् समितिका सभापति बिदुर वाइबाले रकम वितरण गरेका हुन् ।सो अबसरमा सिन्धुली कांग्रेस का नेत्रि गंगा दाहाल् , प्रदेश सभा – १ का निर्वाचनका नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षाका उमेद्वार नेता गंगा गिरी र सम्पर्क समितिका उपसभापतिका साथै रकम जुटाउने युवाता युबराज गुरुङ, कृष्ण के. सी, मुरारी न्यौपाने लगायत अन्य सदस्यहरुको उपस्थिति थियो ।

सम्पर्क समितिद्वारा आर्थिक अबस्था कमजोर रहेका जिल्लाबासीहरु को लागि २०७४ सालमा ५० जना ब्यक्तिहरुलाइ सहयोग गरिसकेको र आउदा दिनहरुमा पनि यस्ता कार्यहरुलाइ निरन्तरता दिदै प्रभावकारी रुपमा अघि बढ्ने सोच रहेको सम्पर्क समिति उपसभापति युबराज गुरुङले बताउनुभयो ।कार्यक्रमको स‌योजन दुधौली पत्रिङा निवासी बिद्यार्थी नेता सुशील कार्कीले गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments