Thursday, September 23, 2021
घरBanner Newsप्रधानमन्त्री ओलीको कर्मचारीलार्इ चेतावनी: गलत गर्नेलार्इ छोड्दिन्

प्रधानमन्त्री ओलीको कर्मचारीलार्इ चेतावनी: गलत गर्नेलार्इ छोड्दिन्

प्रधानमन्त्री केपी ओलीले सरकार सबैको सुझाव लिन तयार रहेको तर कसैको दबाबमा नपरी काम गर्ने बताएका छन् । उनले भने,‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताए । ‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्‍यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने‘ किनकि यो असधारण दायित्व बोकेको सरकार हो ।’

उनले आज सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै सबैलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिए । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ‘ प्रधानमन्त्री ओलीले भने ।

उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नुहने उनले बताए । ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयकाबीच समन्वयात्मक ढंगले काम गर्नु होस’ ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस् र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस ।’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयको ख्याल काम गनै निर्देशन दिए । उनले हरेक मिनेटको समयलाई सदुपयोग गरेर काम गर्न, काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए/नभएको ख्याल गर्न पनि निर्देश गरे । ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस, त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर यस कारण, यदी, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने बताए । ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन’ प्रधानमन्त्री ओलीले भने,‘चुस्त ढंगले काम गर्नुहोस् । जनतालाई छिटो छरितो सेवा दिनुहोस ‘ उनले भने,‘भन सुनतिर लाग्ने र नेताकोमा धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

देश रेमिट्यान्सबाट चलेको बताउदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गरे । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’ उनले भने ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री, राज्य मन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिबहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments