Tuesday, July 27, 2021
घरफिचरपूर्वगृहमन्त्री खड्का चढेको गाडी दुर्घटना

पूर्वगृहमन्त्री खड्का चढेको गाडी दुर्घटना

सुर्खेत- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

सुर्खेतको छिञ्चुबाट वीरेन्द्रनगर जाँदै गरेको बा१५च ८३५४ नम्बरको गाडी आज दिउँसो भेरीगंगा नगरपालिकाको सप्तरी भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

पूर्वगृहमन्त्री खड्का सकुशल छन्। दुर्घटनामा उनका अंगरक्षक प्रहरी नायव निरीक्षक सञ्जीव आचार्य सामान्य घाइते भएको जनाइएको छ।

घाइते आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments