Monday, June 21, 2021
घरफिचरआगो लगाएर २ सन्तानको हत्या

आगो लगाएर २ सन्तानको हत्या

रामेछाप:  रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् ।

आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंह ठकुरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै गरेको उनले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएकी हुन् । दिलबहादुरले केही वर्ष अघिनै कान्छि श्रीमति ल्याएका थिए । कान्छीबाट पनि २ सन्तान रहेको खुलेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments