Thursday, June 17, 2021
घरखेलकुदरोनाल्डोको ५० औं ह्याट्रिक

रोनाल्डोको ५० औं ह्याट्रिक

म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको ५० औं ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगमा गिरोनालाई ६-३ ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लियो ।

रोनाल्डोले खेलमा कुल चार गोल गरे । उनले ११, ४७, ६४ र इन्ज्युरी समयमा गोल गरे । रियलको जितपछि ६० अंक भएको छ । यसअघि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथलेटिको बिलबाओलाई २-० ले हरायो ।

एटलेटिको म्याड्रिड भने भिल्लारियलको हातबाट २-१ ले पराजित रह्यो । बार्सिलोनाको ७५ अंक छ भने एटलेटिको ६४ अंकमा दोस्रोमा छ । रियलको ६० अंक भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments