Thursday, June 17, 2021
घरविश्वपुटिन ठूलो अन्तरले रुसको राष्ट्रपतिमा निर्वाचित

पुटिन ठूलो अन्तरले रुसको राष्ट्रपतिमा निर्वाचित

मस्को — रूसमा राष्ट्रपति चयनका लागि आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिन भारी मतान्तरले चाैथोपटक राष्ट्रपति निर्वाचित भएका छन् ।

पुटिनसहित राष्ट्रपति पदका लागि ८ उम्मेदवार प्रतिस्पर्धामा थिए। पाभेल ग्रुडिनिन, भ्लादिमिर जिरिनोब्स्की, सेनिया सोवचक, ग्रिगोरी याभ्लिन्स्की, बोरिस टिटोभ, म्याक्सिम सुरेइकिन र सरगेई बबुरिन चुनावी मैदानमा थिए। उनले ती सबै प्रतिष्पर्धीलाई भारी अन्तरले पछाडि छाेड्दै ७६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।

प्रारम्भिक सर्वेक्षणमा पनि वर्तमान राष्ट्रपति पुटिन ६९ दशमलव ७ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित हुने देखिएको थियो। मतदानको दुई दिनअघिको सम्बोधनमा राष्ट्रपति पुटिनले ‘रुसको भविष्यका लागि मतदान गर्न’ आहवान गरेका थिए।

राष्ट्रपति चयन भएसँगै उनले भने- ‘रुसीहरुले पछिल्लो केही वर्षमा प्राप्त गरेका उपलब्धीहरुलाई आत्मसाथ गरेकाे महसुस भएको छ ।’

पुटिन सन् १९९९ देखि रुसको राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहेका छन्। रुसी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ।

निर्वाचन अधिकारीका अनुसार आइतबार ग्रिनविच मिनटाइमअनुसार पूर्वी क्षेत्रमा ८ बजे सुरु भएको मतदान राजधानी मस्कोमा भने ९ घण्टापछि भएको थियो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फिलोभाले रुसका १० करोडभन्दा बढी नागरिक मतदानका लागि योग्य भएको जनाए। तीमध्ये करिब २० लाख मतदाता विदेशमा छन्। उनीहरूका लागि पनि मतदानको व्यवस्था मिलाइएको पाम्फिलोभाले बताए।

मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएका थिए। सञ्चारमाध्यमका अनुसार करिब १५ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू निर्वाचनको अनुगमनका लागि खटिएका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments