Tuesday, November 30, 2021
घरBanner Newsआरजुद्वारा मृतकका परिवारलाई जनही ५ लाख सहयोग

आरजुद्वारा मृतकका परिवारलाई जनही ५ लाख सहयोग

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट पराजित भएकी नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवा निर्वाचन क्षेत्र पुगेकी छिन्। उनले शुक्रबार गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई जनही पाँच लाख रुपैयाँ सहयोग गरेकी छन्।

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरिन। गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो। रासस

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments