Wednesday, October 27, 2021
घरफिचरहुम्लामा आगलागी, ३० घर जले

हुम्लामा आगलागी, ३० घर जले

सिमकोट : हुम्लाको ताँजाकोट गाउँपालिका-१ को घटमाना भन्ने ठाउँमा शुक्रबार राति आगलागी हुँदा ३० वटा घर जलेको छ । आगलागीबाट ६ घर जलेर पूर्ण रुपमा ध्वस्त भएको कवाडी सीमा प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरीका कार्यालय हुम्लाका डीएसपी कमलप्रसाद नेपालले जानकारी दिए।

पूर्ण रुपमा ध्वस्त भएका ६ घरको करीब ६० लाख बराबरको क्षति धनमाल क्षति भएको स्थानीयले बताएका छन्। आगलागीमा परी हरिबहादुर रिठाल घाइते भएका छन् भने परी १५० बाख्रा र ६ वटा गाई गोरु जलेर मरेको बताइएको छ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण बारे पुष्टि नभए पनि स्थानीयका अनुसार घाइते भएका मानबहादुर रिठालको घरबाट आगो फैलिएको बताइएको छ । मानबहादुरकी श्रीमती महिनावारी भएर छाउ गोठमा बस्न गएको र सोही छाउ गोठमा बालेको आगो बाहिरिन पुग्दा आगलागी भएको जानकारी पाएको स्थानीय सर्जन खड्काले बताए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments