काठमाडौं- फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललिपुरस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो। ट्रेरलमा ३ पुस्ताका कलाकारको अभिनय देख्न सकिनेछ। चैत्र ९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्दशन गरेका हुन्।
ट्रेलरमा हास्य अभिनेता मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै अभिनेता पल शाह, अभिनेत्री आँचल शर्माको रमाइलो अभिनय देख्न सकिन्छ। ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत दर्शकमाझ लोकप्रिय बनिरहेका बेला फिल्म युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो।
फिल्ममा, मह जोडीसँगै दिपकराज गिरि, दिपाश्री निरौला, प्रियंका कार्की, किरण केसी लगायतका कलाकारको अभिनय छ।