Friday, August 19, 2022
घरBanner Newsसिटी सेन्टरको चौथो तल्लाबाट खसेर एकको मृत्यु

सिटी सेन्टरको चौथो तल्लाबाट खसेर एकको मृत्यु

काठमाडौं– सिटी सेन्टरमा कार्यरत एक सुरक्षा गार्डको शुक्रबार बिहान रहस्यमय मृत्यु भएको छ। भवनको चौंथो तलाबाट खसेर सुरक्षागार्ड रविन भुजेलको मृत्यु भएको हो।

बिहान करिब साढे ३ बजे भवनभित्रैको ग्राउण्डमा उनी खसेका थिए। उनका आफन्तले उनको हत्या भएको हुनसक्ने भन्दै सिटि सेन्टरका मालिक तथा सेक्युरिटी कम्पनीका मालिकलाई समेत कारबाहीको माग गरेका छन्।

अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले बताए। सिसिटिभीमा उनी भुईमा खसेको मात्र देखिएको छ कसरी झरे भन्ने देखिएको छैन। शुक्रबार राती त्यहाँ २ जना मात्र सेक्युरिटी गार्ड थिए।

नेपाललाइभबाट साभार

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments