Thursday, September 23, 2021
घरफिचरकाँग्रेस सांगठनिकरुपमा मजबुत बन्छ: प्रवक्ता शर्मा

काँग्रेस सांगठनिकरुपमा मजबुत बन्छ: प्रवक्ता शर्मा

विराटनगर: नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गर्नुभयो ।

पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभयो ।

उहाँका अनुसार नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिनेछ ।

वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले आपूm पार्टीको विधानअनुरुप नै पार्टी प्रवक्ता भएको पनि स्पष्ट पार्नुभयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments