Wednesday, October 27, 2021
घरफिचरचोरीकाे अभियोगमा ‘नक्कली पत्रकार’ पक्राउ

चोरीकाे अभियोगमा ‘नक्कली पत्रकार’ पक्राउ

काठमाडौं– पत्रकार बनेर विभिन्न कार्यक्रममा गएर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। ठुला होटलमा हुने गोष्ठि तथा तालिममा गएर चोरी गर्ने ललितपुर लेलेका ५२ वर्षिय हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले गत माघ २० गते कान्तिपथस्थित यलो पगोडा होटलबाट चोरी गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

होटलमा संञ्चालित तालिमको लन्ज समयमा उनले तीन युवतीको झोला र मोबाइल चोरी गरेका हुन्। उनले ३२ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ।
उनी पत्रकार परिचय देखाएर कार्यक्रममा छिरेका थिए। फायर साइड डेल्लीको नाममा बनाइएको कार्ड पनि प्रहरीले बरामद गरेको छ।

एसएसपी लोहनीका अनुसार एफएममार्फत उनले कुन होटलमा के कार्यक्रम हुँदैछ भन्ने जानकारी लिन्थे र पत्रकार बनेर गई चोरी गर्दथे। उनले अन्य कार्यक्रममा पनि चोरी गरेको हुनसक्ने प्रहरी आशंका छ।

कार्यक्रम स्थलमा ल्यापटप, मोबाइल र झोला उनले चोरी गर्दै आएका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments