काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान ९:४० देखि साढे १० बजेसम्म स्वराज र प्रचण्ड बीच भेतवार्ता भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिएका छन् ।
स्वराजसँगको भेटपछि प्रतिक्रिया दिँदै दाहालले अहिले उनको भ्रमण एक सद्भाव भ्रमणको रुपमा आफूले बुझेको बताए । साथै चुनावपछिको नेपालको परिस्थिति र सरकार गठनको तयारीका बारेमा कुराकानी भएको प्रतिकृया दिए ।
नेपालको भावी राजनीति कसरी अघि बढ्ला भनी जिज्ञासा राखेको र निर्वाचनमा विजयी भएकोमा बधाई शुभकामना दिएको बताए ।
आफूले नेपालका लागि राजनीतिक स्थायीत्व र विकास आवश्यक रहेको र मुख्य गरी दुई देशबीचको सहयोग र सद्भावका बारेमा नै कुराकानी भएको प्रष्ट्याए । साथै नेपालको राजनीतिक स्थायीत्व र विकासका लागि भारतको सधैं सहयोग रहने प्रतिवद्धता जनाएको दाहालले बताए।
वाम गठबन्धन बारे स्वराजको धारणा कस्तो रह्यो ? भन्ने प्रश्नमा जवाफ दिँदै दाहालने भने, ‘वाम गठबन्धनले मेजोरिटी ल्यायो, यो सकारात्मक कुरा भयो, यसमा उहाँले बढी भन्ने कुरा थिएन, हामीले पनि बढी भन्ने कुरा थिएन’