Tuesday, September 21, 2021
घरBanner Newsभैरबनाथ गणमा ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते

भैरबनाथ गणमा ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते

महाराजगञ्जस्थित नेपाली सेनाको भैरबनाथ गणमा ग्रिनेड (हाते बम) विस्फोट विस्फोट हुँदा पाँच जना सैनिक घाइते भएका छन्।

तालिमका क्रममा रहेका बेला ग्रिडेट विस्फोट भएको बताइएको छ। यो गण नेपाली सेनाको फौजका रुपमा परिचित छ।

पाँचमध्ये एकजना गम्भीर घाइते रहेको उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको सेनाले बताएको छ।

बाँकी सैनिकहरुको स्वयम्भू छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको सैनिक प्रवक्ता सहायकरथी गोकूल भण्डारीले बताए।

प्रवक्ता भण्डारीले भने, ‘के कारणले घटना भयो अनुसन्धान भइरहेको छ।’

महाराजगञ्जस्थित यो भवन अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको निवास हो, जसलाई पछि राष्ट्रियकरण गरिएको थियो।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पका कारण यो दरवार क्षतिग्रस्त अवस्थामा छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments