Saturday, January 22, 2022
घरBanner Newsभारतीय विदेशमन्त्री काठमाडौंमा, अर्थराज्यमन्त्री राणाले गरे स्वागत

भारतीय विदेशमन्त्री काठमाडौंमा, अर्थराज्यमन्त्री राणाले गरे स्वागत

काठमाडौँ : भारतका विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments