क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोरा फिडेल एन्जल क्यास्ट्रो आत्महत्या गरेका छन्।
डिप्रेसनको शिकार बन्दै आएका ६८ बर्षीय क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी मिडियाले उल्लेख गरेका छन्।
फिडेलीटोको नामबाट चर्चित उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।
सरकारी टेलिभजनका अनुसार डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो। र पछिल्लो समय घरमै राखेर उपचार गरिएको थियो।
आणबिक भौतिक शास्त्री रहेका उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए।
उनका पिता फिडेल क्यास्ट्रो निधन २०१६ नोभेम्बरमा भएको थियो।