Sunday, September 26, 2021
घरविशेषअदुवा निकासी प्रतिबन्ध खुल्ला

अदुवा निकासी प्रतिबन्ध खुल्ला

इलाम: भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो ।

त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिनुभयो । अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि एक महिनादेखि लोड भएर बसेका दर्जनौँ ट्रक काँकडभिट्टातर्फ लागेको व्यापारी पौडेलले जानकारी दिनुभयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments