Thursday, June 17, 2021
घरBanner Newsनयाँ वर्षमा खप्तड घुम्न जाने ?

नयाँ वर्षमा खप्तड घुम्न जाने ?

नयाँ वर्ष २०७४ मा खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गर्न चाहना छ ?

हेमन्त ऋतुमा खप्तड । फाइल तस्वीर: दीर्घराज उपाध्याय

हेमन्त ऋतुमा खप्तड । फाइल तस्वीर: दीर्घराज उपाध्याय

नयाँ वर्षका लागि सात दिनको समय छुट्याउनुहाेस् र साथमा  कम्तिमा १५ हजार रुपैयाँ राख्दा राम्रो हुन्छ ।

खप्तडको सात दिने यात्रा
पहिलो दिनः महेन्द्रनगर/धनगढीबाट प्रस्थान, बाटोमै खाना र दिपयाल बास ।

दोस्रो दिनः खाजा, झिङ्ग्राका लागि प्रस्थान । झिङ्ग्रामा दिउसको खाना, पाँच घण्टा उकालो हिडेपछि बिचपानी । बिचपानीमै रातिको खाना र बास ।

तेस्रो दिनः प्याकिङ्ग खाजा । ४ घण्टा हिडेपछि खप्तड । बाटोमै त्रिवेणी मन्दिर । साँझ खप्तड क्याम्प र बास ।

चौथो दिनः खाजा खाएपछि घोडा दाउने पाटन, खप्तड बाबा आश्रम घुमफिर । फर्केपछि खाना र आराम । साँझ खप्तड दहको घुमफिर । साँझ खप्तड क्याम्पमै बास ।

पाँचौ दिनः खाजा खाएपछि नागढुङ्गका लागि प्रस्थान । फर्केर खप्तड क्याम्पमै खाना र त्यसपछि सहस्त्र लिङ्गको घुमफिर । साँझ खप्डत क्याम्पमै बास ।

छैटौं दिनः सबेरै खाजा र खप्तडबाट प्रस्थान । साँझ डोटी वा बझाङ वा अछाम बास ।

सातौ दिनः महेन्द्रनगर/धनगढी फिर्ता ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments