काठमाडौं : चलचित्र विकास बोर्डले आगामी नयाँ वर्षबाट बक्स अफिस लागू गर्ने भएको छ। बोर्डको बुधबार बसेको बैठकले २०७५ साल वैशाख १ बाट प्ररीक्षणका रूपमा उपत्यकाका हलहरूबाट बक्स अफिस लागू गर्ने निर्णय गरेको हो।
बक्स अफिस मेनेजमेन्ट सिस्टमको परामर्शदाताबाट तयार भएको सफ्टवेयर आगामी साउन १ बाट उपत्यकाका सबै र माघ १ गतेबाट देशभरका हलमा जडान गरिने बोर्डले जनाएको छ। ई–टिकेटिङ जडान नभएका हलहरूमा चैत मसान्तभित्र जडान गरिसक्न पनि बोर्डले निर्देशन दिएको छ।
चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र बोर्ड सदस्य नरेन्द्र महर्जन सदस्य रहेको समितिसहित बोर्डले बक्स अफिस लागू गर्ने निर्णण गरेको हो।