काठमाडौँ — ‘आई लभ यु’मा करोड भ्यूज् पाएको र करोड नजिक पुगेको ‘जता जता पिरतीको बाटो’ पछि गायक सरोज ओलीले ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

अभिनेत्री प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।