Tuesday, October 26, 2021
घरBanner Newsडा. रुइतलाई भारतले दियो पद्मश्री सम्मान

डा. रुइतलाई भारतले दियो पद्मश्री सम्मान

काठमाडौँ — नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले त्यहाँको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ ।

गणतन्त्र दिवसको पूर्वसन्ध्या बिहीबार भारतले विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरुको नाम घोषणा गरेको थियो। भारतको नागरिक सम्मान भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जामा पद्मश्री रहेको छ ।
‘१९८० मा उनले गरेको खोजले मोतीविन्दूको शल्यक्रियाको खर्च ९० प्रतिशतले कम भएको छ,’ भारतको प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी)ले टि्वटमा भनेको छ, ‘उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्।’
ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतलाई यही योगदानका लागि २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट सम्मान गरिएको थियो।
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments