Wednesday, October 27, 2021
घरविश्वरोहिंज्या बालबालिकाको सुरक्षा बढाऊ ः युनिसेफ

रोहिंज्या बालबालिकाको सुरक्षा बढाऊ ः युनिसेफ

ढाका: घर फर्काउन लागिएका रोहिंज्या बालबालिकाहरुका लागि म्यानमारमा सुरक्षा व्यवस्था बढाउन युनिसेफले आग्रह गरेको छ ।
युनिसेफको उप कार्यकारी निर्देशक जस्टीन फोरसीथले बङ्लादेशबाट म्यानमार लैजान लागिएका बालबालिकाहरुका लागि अहिलेकै सुरक्षा अवस्था सन्तोषजनक नभएको बुधबार बताउनु भएको हो ।
“शरणार्थीहरु मध्ये ५८ प्रतिशत बालबालिका रहेका छन्, ती मध्ये केही बालबालिका अहिले सम्म पनि हिंसाका कारण घाइते अवस्थामा छन्,” उहाँले बङ्लादेशको शरणार्थी शिविरको अध्ययन भ्रमणका शिलशिलामा बताउनुभयो ।
युनिसेफले जारी गरेको वक्तव्यमा भनिएको छ, “उनीहरुको अधिकार र आवश्यकता संकटपूर्ण अवस्थामा छ, त्यसैले म्यानमार फर्किन उनीहरुलाई संरक्षण र सहयोगको खाँचो छ, म्यानमार फर्किनु अघि नै उनीहरुको सुरक्षा र र सम्मानको सुनिश्चितता हुनुपर्दछ ।”
बङ्लादेशको कुटुपालोङ शिबिरमा आश्रय लिईरहेका छ लाख ८८ हजार रोहिंज्या शरणार्थीहरु गत बर्षको अगस्तमा म्यानमारको राखिने राज्यमा भड्कीएको हिंसाका कारण सिमा पार गरेर शरणार्थी भएका हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments