Tuesday, September 21, 2021
घरखेलकुदतेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

इटहरीः सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ ।

नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन विभागीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका आर्मी गरी आठ टोलीका विभिन्न तौल समूहका ११० पुरुष र ७१ महिला खेलाडीको सहभागिता छ ।

उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत सान्छौ खेलको पुरुषतर्फका विभिन्न तौल समूहको भिडन्तमा ७१ र महिला खेलाडी ३८ जना तथा थाउलोतर्फको भिडन्तअन्तर्गत ३९ पुरुष र ३३ महिला खेलाडीको सहभागिता छ ।

प्रतियोगिता उद्घाटन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलमध्ये उसुले राष्ट्रिय गौरव उच्च राख्नका लागि महत्वपूर्ण भूमिका र योगदान पु¥याउँदै आएको बताउँदै सो खेललाई स्तरीयता प्रदान गर्नका लागि खेलाडीको हौसला बढाउन राखेप प्रयत्नशील छ भन्नुभयो ।

सो अवसरमा इटहरी रंगशाला परिसरमा यसै हप्ता उसु खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न प्राप्त पूर्वाधारसहितको कबर्ड हल निर्माण गरी यसै हप्ता शिलान्यास हुने बताइएको छ । उक्त अवसरमा आठ निर्णायक, छ प्रशिक्षक, १५ खेलाडी र एक व्यवस्थापकलाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments