Monday, June 14, 2021
घरखेलकुदसंकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा, अन्जन विष्टले गरे २ गोल

संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा, अन्जन विष्टले गरे २ गोल

धनगढी– सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब  सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा बुधबार भएको खेलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुग्न सफल भएको हो। एपिएफलाई जिताउन दुवै गोल अन्जन विष्टले गरे।

खेलमा २३ औं मिनेटमा अन्जनले एपिएफलाई अग्रता दिलाए। श्याम नेपालीको पासलाई युवराज खड्काले भेट्न नसकेको बललाई अन्जनले हेडमार्फत गोल गर्न सफल भएका थिए। ८५ औं मिनेटमा अन्जनले एपिएफको अग्रता दोब्बर परेका थिए।  दुई गोल गरेका अन्जन खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोट्रर्स क्लबसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमच्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो।

प्रतियोगिता अन्तर्गत बिहीबार थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।  थ्रीस्टारले झापा–११ लाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने आर्मी वाई पाएर क्वार्टरफाइनलमा पुगेको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments