Thursday, September 23, 2021
घरखेलकुदराष्ट्रिय भारोत्तोलन : संगीता राईले १२ पुरानो रेकर्ड तोडिन्

राष्ट्रिय भारोत्तोलन : संगीता राईले १२ पुरानो रेकर्ड तोडिन्

काठमाडौं– नेपाल प्रहरीकी संगीता राईले राखेप च्याम्पियनसिप अन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

राईले ४८ केजी तौल समूहमा राईले क्लिन एण्ड जर्कमा ६६ केजी भार उठाएर नीता थापाको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन्। नीताले २०६२ सालमा विरगंजमा आयोजना भएको राधिका स्मृती कपमा राखेको ६५ केजी तौललाई भंग गर्दै राष्ट्रिय कीर्तिमान राखेकी हुन। उनले स्न्याच तर्फ ५२ केजी भारका साथ कुलमा ११८ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन्।

सेनाकी मनीषा रानाभाटले रजत जितिन्। उनले स्नाचमा ५१ र क्लिन एण्ड जर्कमा ६३ केजी गरि कुल ११४ केजी भार बहन गरिन् । झापाकी करिना चौधरीले स्नाचमा ३५ केजी र क्लिन एण्ड जर्ककमा ५१ केजीका साथ कुलमा ८६ केजी उचाल्दै कास्य जितिन्। पहिलो दोश्रो र तेश्रो हुनेले स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन स्वर्ण प्राप्त गरे ।

५३ केजी तौलमा सन्जु चौधरीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन्। उनले स्नाचमा २०१७ मा कोरियामा सम्पन्न एसियन क्लब तथा एसिया कपमा राखेको ६१ केजी तौललाई सुधार गर्दै ६३ केजी भार बहन गर्दै स्वर्ण हात पारिन्। उनले क्लिन एण्ड जर्कमा ८२ केजी भार बहन गर्दै सुनिललाल जोशी स्मृती कप २०७४ मा राखेको ८१ केजीलाई सुधार गर्दै अर्को कीर्तिमान राखिन। यस्तै उनले कुलमा पनि कोरियामा राखेको १४० केजीमा सुधार गर्दै १४५ केजीका साथ स्वर्ण पाईन्। दोश्रो स्थानमा नेपाल प्रहरीकी देवीकुमारी चौधरी रहिन । उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ७५ र कुलमा १३७ केजीका साथ रजत र सप्तरीकी काजल यादवले स्नाचमा ४५, क्लिन एण्ड जर्कमा ५० र कुलमा ९५ केजी भार बहनका साथ कास्य जितिन्।

महिलाकै ५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्नाचमा ६५ केजी भार बहन गरिन्। उनले क्लिन एण्ड ८६ केजीका साथ नयाँ राष्ट्रिय कीर्तिमान राखिन् । उनले ललितपुरमा सम्पन्न एशियन युथ तथा जुनियर च्याम्पियनसिपम ८५ केजीको कीर्तिमान राखेकी थिईन्। उनले कुलमा पनि १५१ केजीका साथ स्वर्ण पाईन्।

यस्तै पुरुष तर्फको ५२ केजी तौलमा प्रहरीका गणेश रानाभाटले स्वर्ण प्राप्त गरे। उनले स्नाचमा ६७ केजी र क्लिन एण्ड जर्कमा ८२ गरि कुल १४९ केजी भार बहन गर्दै स्वर्ण पाए। त्यस्तै सप्तरीका लालबाबु पासवानले स्नाचमा ६५ र क्लिन एण्ड जर्कमा ८१ गरि कुल १४६ केजीका साथ रजत र सिराहाका बच्चुलाल चौधरीले स्नाचमा ६० र क्लिनमा ६६ केजीका साथ कुल १२६ केजीका साथ कास्य पाए।

पुरुषकै ५६ केजीमा सेनाका तुलाराम महतोले स्नाचमा ८३ केजी र कुलमा १७९ केजीका साथ स्वर्ण पाए । उनले क्लिनमा ९६ केजी भार बहन गर्दै रजतमा चित्त बुभाए । उनलाई क्लिनमा सप्तरीका मनोज यादवले १०० केजी भार बहन गर्दै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य  पारे । यादवले स्वर्ण पाए । क्लिन र कुलमा ७६ र १७६ केजीका साथ रजत पाए । तेश्रो स्थानमा रहेका सप्तरीकै रामकुमार यादवले स्नाच, क्लिन र कुलमा ७०, ९० र १६० केजीका साथ कास्य पाए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments