Friday, July 30, 2021
घरBanner Newsरिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु, अनसनबारे भोलि निर्णय लिन्छु

रिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु, अनसनबारे भोलि निर्णय लिन्छु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् ।

अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।

साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’

तर, धेरै मागहरु रहेको भन्दै उनले अघि भने, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’उनले आफ्नो पक्षमा बहस गर्ने तथा समर्थन गर्ने सबैप्रति आभार प्रकट गरे ।

डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताए । यसले नागरिकको रुपमा स्वस्थ रुपमा आलोचना गर्न पाउने स्थापना गरेको र प्रधानन्यायाधीश पराजुलीमाथि छानविन हुने भएको उनले बताए ।

उनले अघि भने, ‘अदालतले पनि आफ्नो शाख बताउन काम गर्‍यो । डा. केसीको अभियानलाई पनि साह्रै ठूलो सहयोग हुन्छ । त्यसैले अदालतको आदेश स्वागत योग्यछ ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments