Wednesday, October 27, 2021
घरBanner Newsप्रधानन्यायाधीश पराजुलीको कागजपत्र छानबिन हुने, दुवै नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश...

प्रधानन्यायाधीश पराजुलीको कागजपत्र छानबिन हुने, दुवै नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउन आदेश दिएको छ।

डा गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।

‘सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनू।’

सर्वोच्चमा बयानका क्रममा डा केसीले पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठाएका थिए। सर्वोच्चले प्राडा शशि शर्मालाई आइओएमका डिनमा पुनर्बहाली गर्न पराजुलीसमेत सम्मिलित इजलाशले गरेको फैसलासमेत झिकाउन आदेश दिएको छ।

शर्मालाई पुनर्बहाली गर्ने फैसलासँगै प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै डा केसी सोमबारदेखि अनसन बसेका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments