Monday, June 14, 2021
घरBanner Newsपाँच सयभन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित

पाँच सयभन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले सदरमुकाम धनगढीमा रहेका विभिन्न कार्यालयको आज छड्के निरीक्षण गर्दा झण्डै पाँच सयभन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

कर्मचारीको अनुपस्थितिकै कारण नजिकिएको निर्वाचनको काम प्रभावित हुन सक्ने र वडा दशैं र तिहारको बिदामा घर गएका कर्मचारी लामो समयसम्म पनि कार्यालयमा नफर्किने प्रवृत्ति बढ्दै गएको अवस्थामा कार्यालयले दिने सेवा प्रवाहमा कमीकमजोरी नहोस् भन्ने उद्देश्यले आज छड्के निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

झण्डै ४५ वटा कार्यालयको छड्के निरीक्षण गरिएकामा २४ जना कर्मचारी कार्यरत रहेको जिल्ला प्राविधिक कार्यालयमा २२ जना अनुपस्थित रहेको पाइएको प्रजिअ रिजालले बताउनुभयो ।

यस्तै, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पताल धनगढीमा ८२ जना कर्मचारी अनुपस्थित रहेको पाइयो ।

लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीको विषयमा छानविन गरी बिनाकारण अनुपस्थित रहेको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि लेखी पठाउने तयारी भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments